वाइक र ट्याक्टर ठाेकिँदा एककाे मृत्यु,

सुर्खेत १३ फाल्गुन
सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वेलुकि वाइक र ट्याक्टर ठाेकिँदा वाइकमा सवार विरेन्द्र नगरपालिका वडा न ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ । जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर एकआपसमा ठाेकिएको स्थानीयकाे भनाइ रहेको छ ।

प्रहरिका अनुसार माेटरसाइकल चालक विनपा १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको इलाका प्रहरि कार्यालय वादेपिपल राकमले बताएकाे छ । उपचारका लागि गिरीलाइ अहिले सुर्खेत लगिएको छ । ट्याक्टर , ट्याक्टर चालक भने प्रहरीकाे नियन्त्रणमा रहेको जनाएको छ ।





error: Content is protected !!