राससको उत्कृष्ट समाचारदाता आचार्य पुरस्कृत

सुर्खेत ः मुलुकको एकमात्र सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले देशभरको उत्कृष्ट फोटो तथा भिडियो समाचारदाताका रुपमा सुरेश आचार्यलाई पुरस्कृत गरेको छ ।

राष्ट्रिय समाचार समितिको ६३औँ स्थापना दिवस उपलक्ष्यमा वीरेन्द्रनगरमा आज सम्पन्न ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा उहाँ पुरस्कृत हुनुभएको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आचार्यलाई उत्कृष्ट समाचारदाताको प्रमाणपत्र प्रदान गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी उहाँले उत्कृष्ट समाचारदाताको प्रमाणपत्रसहित रु २० हजार नगद पाउनुभएको छ । समाचारदाता आचार्य रासस कर्णाली प्रदेश सुर्खेतमा कार्यरत हुनुहुन्छ । उत्कृष्ट फोटो तथा भिडियो समाचारदाताका रुपमा पुरस्कृत हुनुभएका आचार्यले कर्णालीका विभिन्न ठाउँ, परिवेश र घटनाका तस्वीर विगत १५ वर्षदेखि सङ्कलन तथा सम्प्रेषण गर्दै आउनुभएको छ । उहाँका तस्बिर तथा श्रव्यदृश्य सामग्रीले मूलतः कर्णालीको प्राकृतिक सौन्दर्य, कला, संस्कृति, पर्यटन, पूर्वाधार र सामाजिक अवस्था चिनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।





error: Content is protected !!