पाल्पामा रोजगार पर्यटन उद्योग र व्यापार महोत्सव २०८० सञ्चालन हुँदै

बबिता विष्ट

पाल्पा ः यही फागुन १९ गते देखि २९ सम्म तानसेनको टुँडिखेलमा रोजगार पर्यटन उद्योग र व्यापार महोत्सव २०८० सञ्चालन हुँदैछ ।

महोत्सव तानसेन नगपालिकाको मुख्य आयोजना र पर्यटन विकास परिषद् , लुम्बिनी प्रदेश वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय को सह आयोजना , तथा राजधानी राइट्स नेपाल काठमाण्डौ को व्यवस्थापनमा हुन लागेको हो । मेला फागुन १९ गतेदेखि २९ गते सम्म सञ्चालन हुनेछ ।

पर्यटन र कृषिको माध्यम बाट रोजगारको पहिचान र सृजना तथा आन्तरिक राजस्वको प्रवर्द्धनका लागि तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले प्रथम एतिहासिक महोत्सव आयोजना गर्न लागिएको तानसेन नगरपालिकाको प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न औद्योगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्वन,लगानीका अवसर सिर्जना र लघु घरेलु तथा साना उद्योगको प्रवद्वन ,साना उद्यमी एबम व्यवसायी लाई प्रोत्सान गर्ने कार्यक्रमहरू ,नगरमा सञ्चालन भएका विद्यालय तथा स्वास्थ्य संस्थाहरूको बारेमा विषयगत प्रदर्शनी समेत गरिने जानकारी दिनुभयो। महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको प्रचार प्रसार, गर्दै उत्पादक र उपभोक्ताहरुको मध्यस्तता को कम गर्दै कृषि वाली बाट उत्पादित ताजा तरकारी, फलफूल,अन्नबाली, पशुपंछी पालन , माछा,च्याउ जडिबुटी आदिको स्टल हरू रहने छन्।

यस्तै पाल्पाली ढाका,करुवा जस्ता कुटीर उद्योग हरूलाई झल्काउने स्टल हरू पनि रहनेछन्। तानसेनलाई कृषि ,रोजगार, पर्यटन तथा व्यापारमा सम्भावनायुक्त स्थान हो भन्ने बनाउन महोत्सवको आयोजना गर्न लागिएको तानसेन नगरपालिकाको मेयर सन्तोष लाल श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा कृषि,पशु,घरेलु उधोगबाट उत्पादित बस्तुको निशुल्क ५० भन्दा बढी स्टल राख्ने व्यवस्था गरिएको तानसेन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली ले जानकारी दिनु भयो। महोत्सवमा विभिन्न जातजाति भेषभुषा सहितको झाकी र्याली प्रतियोगीता,भजन प्रतियोगिता र खुल्ला विद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता समेत रहेको छ।महोत्सवमा ३सय वटा भन्दा बढी स्टल रहनेछन् ।

महोत्सवमा करिब३लाख भन्दा बढी मानिसले अवलोकलन गर्ने अनुमान गरिएको छ । स्टलहरूलाई क,ख, ग र घ वर्गमा वर्गीरण गरी सुविधा र रकम व्यवस्थापन गरिएको छ। महोत्सबमा कृषि उत्पादन,लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था,सूचना प्रविधि, अटो मोबाइल, स्वास्थ्य पर्यटन तथा स्वदेशी अन्य उत्पादनका प्रदर्शनीहरुका स्टल रहनेछन्।यस महोत्सवमा १०करोड बराबरको कारोबार हुने विश्वास गरिएको छ।भने महोत्सव बाट ६१लाख बढी राजस्व हुने र उत्त रकम तानसेन नगरपालिकाको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यमा खर्च गरिने बताउनु भयो। महोत्सव स्टल प्रवेश गर्नको लागि साधारण टिकट रु७०, विद्यार्थी रु ५०तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेश को व्यवस्था गरिएको छ।





error: Content is protected !!