प्रभासमा एडभान्स व्युटिसियन तालिम ः आत्मनिर्भर भई जीवनस्थर सुधार हुने अपेक्षा

बबिता विष्ट
पाल्पा ः तानसेन नगरपालिका ७ स्थित प्रभासमा एडभान्स व्युटिसियन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा ४५ दिने एडभान्स व्युटिसियन तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं ७ अध्यक्ष प्रदीप खनालले एड्भान्स व्युटिसियन तालिमले महिला दिदि बहिनी हरुलाई आफू स्वरोजगार हुन बाटो खुल्ने र यो तालिमले जीवनस्तर उकास्न मदत गर्ने र व्यक्तित्व विकास र आम्दानीको राम्रो स्रोत हुने बताए ।

तालिम उद्घाटन समारोहमा वडा सदस्य रीमा सारु वडा सदस्य मिना परियार, वडा सचिव लक्ष्मण भट्टराई लगायतको उपस्थिति रहेको थियो। घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको प्रमुख श्याम कुमार पौडेल को अध्यक्षतामा भएको कार्यकम को सञ्चालन कार्यक्रम संयोजक मनोज घिमिरेले गरे ।
४५दिने तालिमको सहजिकरण प्रशिक्षक बबिता बिष्टले गर्नु हुने छ भने तालिममा १६जनाको सहभागिता रहने छ।










