रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो

काठमाडौँ ः रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।





error: Content is protected !!