चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना

जाजरकोट ः छेडागाड नगरपालिका–५ चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले चंखेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन पछि आजै बाट नेपाली नागरिकता वितरणको काम सुरु भएको छ ।
पश्चिम जाजरकोटका स्थानीयबासीले यहाँबाट प्रशासनले प्रदान गर्ने सम्पूर्ण सेवाहरु लिने भएका छन् । सदरमुकाम आएर सेवा लिन मुस्किल भइरहेको समयमा गाउँमै नागरिकता लगाएतका प्रमाणपत्रहरु गाउँमै उपलब्ध हुने भएपछि सर्बसाधाणहरु खुसी भएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले छेडागाड ११ कि सीता कुमारी गिरीलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै सेवा सुचारु गरेका हुन ।
छेडागाड नगरपालिका संगै शिवालय, जुनिचादे, र कुशे गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का जनताले सेवा पाउने भएका छन । तत्काल नागरिकताको नयाँ प्रमाणपत्र र प्रतिलिपीको काम हुने भएपनि क्रमशः मतदाता नामावली र राहदानी लगाएतका काम पनि सुचारु हुने इलाका प्रशासन कार्यालयमा खटाइएका निमित्त प्रशासकीय अधिकृत ऋषभदेव खनालले जानकारी दिए ।



