लेबनान–इजरायली सीमामा झडप जारी

काठमाडौँ ः अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सिमाना सहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बाबजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् । त्यस्तै एक किसानले आफूहरूसँग पशुधनहरू रहेकाले गाउँ छोड्न नसकेको बताए ।

हमास र इजरायल बिच एक हप्ता लामो युद्ध विरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध सुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।





error: Content is protected !!