गठवन्धन सरकारले निम्त्याएका बेथिति टुलुटुलु हेरेर बस्न सकिँदैन ः ओली

नेकपा ऐमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठवन्धन सरकारले निम्त्याएका बेथितिलाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाटचिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा सुर्खेत पुगेका ओलीले गठवन्धनमा आवद्ध दलहरुका अराजक राजनीतिक गतिविधिले देशको अवस्था नाजुक हुँदै गएको आरोप लगाए ।

राष्ट्रिय एकता कायम गर्दै देशको स्वाधीनता र सार्वभौमिकतालाई जनेगाउन एमालेले मिसन ८४ का लागि मध्यपहाडका जनताको सुझाव संकलन गरेर हिँडिरहेको बताए । देशमा व्याप्त राजनीतिक अस्थिरताले मौलाएको भ्रष्टाचार र दण्डहीनताले देशको अस्तित्व संकटमा पुग्दासमेत गठवन्धनमा संलग्न पार्टी समस्या हल गर्नतर्फ गम्भीर नभएको उनको भनाइ थियो । एमाले नेतृत्वको तीन वर्षे सरकारले समृद्धि र विकासको लहर चलाएको उल्लेख गर्दै वर्तमान समस्याको हल एमाले बिना सम्भव नरहेको दाबीसमेत उनले गरे ।

‘देशलाई गरिवीबाट मुक्त गर्न, देशको अवस्था फेर्नका लागि हाम्रो पार्टीले नेतृत्व लिन आवश्यक छ’, ओलीले भने, ‘त्यसका लागि वैचारिक भिजन भएको पार्टी एमालेलाई अब कसरी अगाडि बढाउने भनेर मध्यपहाडका जनतासँग राय माग्दै आएका छौं । सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि मिसन ८४ मा हामिले ५१ प्रतिशत बहुमत ल्याएर देशको नेतृत्व गर्छौं ।





error: Content is protected !!