रुकुम पश्चिमका चन्दद्वारा भूकम्प पीडितलाई ब्यक्तिगत राहत सहयोग

मोहन जंग शाही
जाजरकोट ः कार्तिक १७ गते गएको भूकम्पका कारण पीडा भोगिरहेका भूकम्प पीडितलाई रुकुम पश्चिम चौरजहारी नगरपालिका स्थायी घर भई हाल अमेरिकामा बस्ने निखिल बाबु चन्दले ब्यक्तिगत राहत सहयोग गरेका छन् ।
बारेकोट गाउँपालिका वडा नं ४ जिरीको ठकुरी टोल र तिरुवा टोलमा राहत वितरण गरिएको स्थानीय समाजसेवी शुरेन्द्र सिहं (सुमन) ले जानकारी दिए ।
सिहंका अनुसार अपाङ्ग, एकल महिला, जेष्ठ नागरिक, बालबालिका र सुत्केरी महिला सहित गरीब बिपन्न परिवारका करिब २ सय जनालाई न्यानो ज्याकेट वितरण गरिएको समाजसेवी सिंहले वताए ।



