चिसोले कठ्यांग्रिएर बलिकाको मृत्यु

मोहन जंग शाही
जाजरकोट , १४ मंसिर ः कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले कठ्यांग्रिएर बुधबार विहान मृत्यु भएको हो। स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।





error: Content is protected !!