रुकुम पश्चिमका तीन स्थानमा अस्थायी घर निर्माण अन्तिम चरणमा

काठमाडौं, १२ मङ्सिर ः रुकुमपश्चिमका तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

नेपाली कांग्रेसका प्रमुख मीन विश्वकर्माले रुकुम पश्चिमको सानो भेरी गाउँपालिका–४ पुरानो गाउँमा गौनी वि।को घरबाट सुरुवात गरी तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

प्रमुख विश्वकर्माका अनुसार यो अभियानमा कांग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, रुकुम (पश्चिम) का सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरू संलग्न हुनुहुन्छ ।





error: Content is protected !!