हुम्लाका उच्च क्षेत्रमा हिमपात

हुम्ला, १२ मङ्सिर ःउत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात भएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भई रहेको बताउनुभयो । उहाँले हिल्सा क्षेत्रमा पनि हिमपात भएको भएपनि जम्मा सुरु नभएको र उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको बताउनुभयो ।

हिमपात भएपछि नारा क्षेत्र सेताम्मे देखिन थालेको छ । हिमपातले चिसो बढेपछि हिल्सामा तापक्रम माइनस पाँच डिग्री सेल्सियमा छ । त्यसै न्यानो क्षेत्रमा पनि हिमपात भइरहेको छ । घाम नलागेको कारण सिमकोटमा पनि चिसो बढेको छ । सिमकोट कै उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ ।





error: Content is protected !!