जाजरकोट घर भइ काठमाडौँमा जागिर गर्ने कर्मचारीले गरे आर्थिक सहयोग

जाजरकोट / जाजरकोट घर भई बिभिन्न पदमा कार्यरत राष्ट्रसेवक कर्मचारीले भूकम्प प्रभावित राहत कोषमा रकम जम्म गरेका छन् । रु २ लाख ८९ हजार ८४८ रुपैयाँ भूकम्प प्रभावित राहत कोषमा जम्मा गरिएको जनक शर्माले जानकारी दिनुभयो । ३५ जना कर्मचारीले उक्त रकम उठाएको उहाँले जानकारी दिनुभयो । सहसचिव चक्रबहादुर बुढाको नेतृत्वमा उक्त रकम उठाएको उहाँले जानकारी दिनुभयो ।



