नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्प प्रभावित क्षेत्रका भवन निर्माणमा २० लाख सहयोग गर्ने

रुकुम पश्चिम ः नेपाल राष्ट्रिय कर्मचारी संगठनले भूकम्प प्रभावित क्षेत्रका भवन निर्माण लगायतका क्षेत्रमा ५० लाख सहयोग गर्ने भएको छ ।

रुकुम पश्चिमको सानोभेरीमा शुक्रबार बसेको संगठनको बैठकले प्रभावित जिल्लामा आवश्यक पहिचान गरी भवन निर्माणमा २० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

उक्त संगठनले यसअघि पनि राहत सामाग्री सहयोग गरेको थियो । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पालमुनि भएका जनतालाई कसरी छानामुनि बसाउने भन्ने अहिले प्रमुख चुनौती रहेको बताए । सबै जसो संघ संस्था र निकायहरुलाई विपद्को समयमा जनताकै नजिक रहेर काम गर्न शर्माले निर्देशन दिए ।





error: Content is protected !!