छेडागाडले सुरु गर्यो बैठकको लाइभ

जाजरकोट ः मासु ,भात देखि बिल बढाएको आरोप लागेर बदनाम भएको छेडागाड नगरपालिकामा नयाँ कामको सुरुवात भएको छ । हरेक कार्यक्रमको लाइभ सुरु गरेर पारदर्शीताको काम सुरु भएपछि सुधारका संकेत देखिएका छन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी आएदेखि बिभिन्न जनपक्षिय कामहरु सुरु भएका छन् । हरेक कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि लिएको इन्टरनेटको लाइन काटने देखि झण्डै २५ लाख बराबरको फर्जी बिल मिलाएर खाएको रकम फिर्ता सम्मको कामहरुले अधिकृत डाँगी चर्चामा आएका छन् ।

अनूभुवी तथा दक्ष कर्मचारी रहेका डाँगी यो भन्दा बिभिन्न ठाउँमा भारी अनुभव संगालिसकेका छन् । हाल हरेक कार्यक्रमको लाइफ गरेर सबै जानकारीहरु सार्वजानिक गर्दै आएका डाँगीले जनताको थाहा पाउने अधिकारलाई थप बलियो बनाएको बताएका छन् ।





error: Content is protected !!