चिसोले जाजरकोटमा एक महिने शिशुको ज्यान गयो

सुर्खेत , ५ मंसिर ः चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गएको छ । भूकम्पले घरमा क्षती पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका –२ का हुकुम बहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले ज्यान गएको हो ।

पूर्ब वडाध्यक्ष काली बहादुर वलिका अनुसार तीन दिन अघि बिरामी परेकी उहाँलाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले ग्रस्त निरुताको उपचारको क्रममा निधन भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

चिसोले जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन । चिसोकै कारण ११ जना दिर्घरोगी र वृद्धवृद्दाको ज्यान गएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!