मृतकका आफन्तलाई राहत रकम दिन सुरु

जाजरकोट / सोमबार देखि जाजरकोटमा भूकम्पबाट मृत्यु भएका मृतकका आफन्तलाई राहत स्वरुप रु २ लाख रकम दिन सुरु गरिएको छ । भेरी नगरपालिकाबाट सुरु भएको यो अभियान नलगाड , बारेकोट ,कुशे , छेडागाडमा पनि सुरु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

प्रतिमृतकका परिवारलाई राहत स्वरुप २ लाख र एकै घरका धेरै भएका थप १ लाखका दरले रकम उपलब्ध गराउने नीति रहेको प्रजिअ सुनारले बताउनुभयो । जाजरकोटमा भूकम्पमा परि १०१ जनाले ज्यान गुमाएका छन् । मंगलबार सम्म सबैलाई उक्त राहत स्वरुप प्रति मृतकका परिवारलाई २ लाखका दरले दिइसक्ने लक्ष्य रहेको उहाँको भनाई छ ।





error: Content is protected !!