शिवालय गाउँपालिकाको आफ्नै बस सेवा

जाजरकोट ः शिवालय गाउँपालिकाले आफ्नै पालिका बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याएको हो । बस सेवाको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गरेका छन ।

कर्णाली प्रदेश ०२–००१ ख ०८५९ नम्बरको पालिका बस सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागि बस सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।

गाउँपालिकाले बस करिब ४३ लाखमा खरिद गरेको हो । जीपमा महंगो भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्नलाई पालिका बस सञ्चालनमा ल्याइएको अधिकृत बस्न्ेतले बताए । बस दैनिक शिवालयको टुनीबजारबाट ढिकाले, शिवालय, मोर्क हुँदै छेडाबजारसम्मको रुटमा सञ्चालन हुने अधिकृत बस्नेतले जानकारी दिए । उनले गाउँपालिकाले अरु गाडीमा भन्दा यो गाडीमा केही प्रतिशत कम भाडादर निर्धारण गरिएको बताए । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको उनको भनाइ छ ।

सर्वसाधारणहरुका लागि यातायातको पहुँच पुर्‍याउन पालिका बस सञ्चालनमा ल्याइएको छ । पालिकाको वडामा रहेका नगरबासीलाई सधैं सेवा दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

गाउँपालिकाले पालिका बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन् पहिलो पटक पालिका बस सञ्चालन भएपछि स्थानीयले अध्यक्ष शाही र पालिकालाई धन्यवाद दिएका छन् ।





error: Content is protected !!