चिसो कारण खत्रीको मृत्यु

जाजरकोट , ३ मंसिर ः अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्प गएको दिन घाइते भएर स्थानीय मेडिकलमा औषधि गराइरहनुभएकी खत्रीको त्रिपालमा बस्दै आउनुभएको थियो । आइतबार बिहान खत्रीलाई उपचारमा लिने तयारी गर्दा गर्दै मृत्यु भएको वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो ।





error: Content is protected !!