नियमित उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गरिने
डोल्पा ः नेपालगन्ज देखि डोल्पाको जुफाल विमानस्थलमा नियमित यात्रु उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गरिने भएको छ ।
ठूलिभेरी नगरपालिकाको कात्तिक २५ गते बसेको नगरकार्यपालिकाको बैठकले नेपालगन्ज देखि जुफाल विमानस्थलमा चाडवाडको समयमा उडान नगर्ने नीजिएयरलाइन्स ताराएयर र नेपाल वायुसेवा निगमका जहाजलाई नियमित उडान गर्न आग्रह गर्दै अघिपछिको समय जस्तै दशै तिहार जस्ता विशेष चाडवाडको समयमा पनि नियमित उडान गर्नु पर्ने नगरेमा जुफाल विमानस्थलमा अवतरण गर्न नदिइने निर्णय गरेको हो ।
अनेत्र उडान नपाएको समयमा मात्र डोल्पाको भुमिलाई प्रयोग गर्ने जब दशै तिहार जस्ता महत्वपूर्ण चाडवाडको समयमा डोल्पामा उडान नगरेर अनेत्र डलर कमाउन डोल्पा बाहेकका पुर्वी विमानस्थलमा लाग्ने एयरलाइन्सलाई नियमित उडानको लागि अनुरोध गरिने अनुरोधलाई बेवास्ता गरेमा स्थानीय सरकारको अधिकार प्रयोग गरि उडान अवतरण गर्नमा अवरोध गरिने निर्णय भएको ठूलिभेरी नगरप्रमुख सचिवालय सदस्य सचिव रेखामान बुढाले बताए ।
नगर प्रमुख श्ववर्ण बुढाले यातायातको छिटो छरितो साधन नै हवाई उडान भएको अवस्थामा अशक्त असहाय विरामीको लागि एक मात्र यातायातको विकल्प हवाई सेवा भएको अवस्थामा नियमित नहुंदा सर्वसाधारणलाई सास्ती भएको बताए ।
अहिले डोल्पामा एयरलाइन्सको नाममा समिट एयरले मात्र नियमित उडान गरेको बताउदै हाम्रो आग्रह एयरलाइन्सलाई नियमित उडान गर भन्ने हो ,डोल्पालाई अनुकुल समयमा मात्र प्रयोग नगरि प्रतिकुल समयमा समेत प्रयोग गरेर ब्यवसायिक मुनाफा सहित मानविय सेवा गर्न अनुरोध गरिएको तर बेवास्ता गरे स्थानीय सरकारको अधिकार प्रयोग गरिनुका साथै आकल झुकल उडान गर्ने एयरलाइन्सका जहाजलाई जुफाल विमानस्थलमै बाधेर राख्न समेत पछि नहट्ने नगर प्रमुख बुढाले बताए ।
विगतका समयमा यतिएयरलाइन्स हुँदै ताराएयरले प्रभावकारी सेवा प्रदान गर्दै आएको भएपनि दशै तिहार जस्ता विशेष पर्वको समयमा पुर्वमा हान्निने गर्दा सर्वसाधारणलाई समस्या पर्ने गरेको प्रमुख बुढाको भनाई छ ।
नगर कार्यापालिकाको निर्णय नै गरेर नेपाल वायुसेवा निगमले पनि नियमित उडान कमसेकम निगमको तालिका बमोजिम गर्न समेत आग्रह गरिएको ठूलिभेरी नगरले जनाएको छ ।
यतिएयरलाइन्स नेपालगन्जका स्टेसन म्यानेन्जर दिलिप कार्कीले बाईस तेईस बर्ष सम्म आफ्नो जहाजले डोल्पालिको लागि नियमित उडान भर्दै आएको तर पछिल्लो समय कम्पनीका जहाज कम भएकाले उडानमा समस्या आएको बताए ।उनले भने “बाईस बाईस बर्ष सम्म गरेको सेवालाई केही समय सेवा अभाव भयो भन्दैमा उडान अवरोध गर्ने निर्णय हुनु दुखद हो ।
स्टेसन प्रमुख कार्कीले नगरले नियमित उडानको लागि र उडान नगरे अवरोध गर्ने भनिएको कुनै पनि ब्यहोराको पत्र प्राप्त नभएको बताए ।ञ
नेपाल वायुसेवा निगम नेपालगन्ज क्षेत्रिय कार्यालयमा प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।यसो त अघिपछि नेपाल वायुसेवा निगमका जहाज डोल्पाको आकाशमा आकलझुकल मात्र देखिन्छ तर ब्यवसायिक मुनाफा सहित मानविय सेवा दिने उद्देश्यले संचालित नीजिएयरलाइन्सका जहाज अनेत्र यात्रु नपाएको मौसममा डोल्पाको आकासमा गिद्दहरुको बथानझै देखिने तर जब दशै र तिहार लगायतका विशेष चाडवाडको समयमा डलर कमाउन अनेत्र उडान गर्ने प्रवृत्ति भने यथावत छ ।
यस्तो प्रवृत्तिलाई सुधार गरि ब्यवसायिक मुनाफा कमाउने उद्देश्यले संचालित भएपनि विशेष समयमा विशेष उडान गरि राहत दिन एयरलाइन्सहरुलाई डोल्पालिहरुले माग अजुरोध गर्दै आएका छन ।
हवाई उडान भरपर्दो भएपनि सबैको पहुँचमा छैन तसर्थ सबै नागरिकको समान पहुँच र अधिकार स्थापितको लागि स्थानीय सरकारका जनप्रतिनिधि जिल्लाबाट निर्वाचित प्रदेश तथा संघिय सांसदहरुले सडक यातायातको स्तरबृद्दिका साथै विभिन्न स्थानमा बनाइनु पर्ने पक्की तथा बेलिब्रिज पुलको शिघ्रता तर्फ जोड दिन आबश्यक छ ।
अहिले डोल्पाको जुफाल विमानस्थलवाट नेपालगन्ज झर्न प्रयाप्त उडानको अभावमा हारगुहार गर्नु पर्ने बाध्यता छ ।नियमित उडान गरेको समिट एयरको हप्तामा एउटा उडानले मात्र यात्रुचापलाई थेग्न सकेको छैन ।जसले गर्दा कहिले काहीँ जुफाल विमानस्थलमा उड्नकै लागि यात्रु र एयरलाइन्स कर्मचारी बिच कुटाकुट समेत हुने गरेको गर्छ ।