सेभ द, चिल्ड्रेन र पहाडी विकासको साझेदारीमा भूकम्प पीडीतलाई राहत वितरण

मोहन जंग शाही
जाजरकोट ः शुक्रवार राति रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पका कारण क्षति भएका १०८ (एक सय आठ) घरधुरीलाई सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा राहत वितरण गरेको हो ।

कुशे गाउँपालिका वडा नं ७ को धनराशी मा वितरण गरिएको हो । जसमा कम्बल , बेबी प्याक ,आश्रय किटहरू,हिउँदका लागि किटहरू ,हाइजीन किट्स र भान्साका भाडाहरू वितरण गरिएको पहाडी क्षेत्र विकास अभियानले जानकारि दिएको छ ।





error: Content is protected !!