गृह जिल्लाको माया ः उपसचिव गिरीले ४८ थान त्रिपाल , ४० थान वलाङ्केट

जाजरकोट ः गत शुक्रबार भूकम्पबाट क्षती व्यहोरोको नलगाड नगरपालिकामा मधुवन नगरपालिका वर्दीयाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले ४८ थान त्रिपाल , ४० थान वलाङ्केट सहयोग गरेका छन् । व्यक्तिगत खर्चमा गिरीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यो भन्दा अगाडी गिरी नलगाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । राहत सामग्री हन्तान्तरण पछि गिरीले लेखेका छन् ,

जाजरकोटमा दुखेको घाउमा मलम लगाउन सहयोग गरौं । भूकम्पको पीडा । व्यक्तिगत रूपमा नलगाड न पा मा गएर ४८ थान त्रिपाल र ४० थान वलाङ्केट हस्तान्तरण गरेर फिर्ता ।
स्वरूप राज आचार्यको गितले भन्छ ।
पहाडमा जाडो वढे तराइले सेक्नुपर्छ
आँधि आए तराइमा पहाडले छेक्नुपर्छ ।
वाँडि चुडि खाऔं भन्छ फाटे मन सिउ भन्छ ।
विपत्तिको ठेस लागे साझा आँशु रोऔं भन्छ  ।





error: Content is protected !!