५७ जना बालबालिकाले भूकम्पमा परि ज्यान गुमाए

मोहन जंग शाही
जाजरकोट ः दैविक प्रकोप भूकम्पमा परि बालबालिकाको मृत्यु भएको छ । गत शुक्रवार ११ः४८ मा आएको भूकम्पमा परि ५७ जना बालबालिकाको मृत्यु भएको हो ।

उक्त भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको छ । भेरी नगरपालिका, नलगाड नगरपालिका र कुशे गाउँपालिकाका सर्व साधारणले ज्यान गुमाएका छन् । भूकम्पले क्षति पुराएपछि क्रियापुत्री र जाजरकोटबासी सबैले चिसो मौसमका बाबजुत पनि घर देखि बाहिर खुल्ला आकाशमुनि रात विताउनु परेको छ ।

मानवीय क्षति बेहोरेको जाजरकोट शोक मग्न भएको छ । जता ततै भग्नावशेष देखिन्छन् करिब २ सय २५ वर्ष पुरानो जाजरकोट दरबार क्षतिग्रस्त भएको छ । दरबारसँगै बनेका सर्व साधारणका घर भत्किएर माटो ढुङ्गा कलात्मक झ्याल ढोकाले सुन्दर बस्ती पूर्ण रूपमा भग्नावशेष भएका छन् ।

भूकम्पमा परि जाजरकोटको भेरी नगरपालिका नलगा नगरपालिका र कुशे गाउँपालिकामा जन सहित धनको क्षति भएको छ, भने अरु पालिकाहरुमा धनको पूर्ण क्षति भएको छ । भूकम्पबाट बालक २८, बालिका २२,महिला ३५, पुरुष १६ गरी जम्मा एक सय १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।





error: Content is protected !!