जाजरकोट भूकम्प अपडेट ः ३७ जनाको मृत्यु, सयौँ घाइते
हेमन्त केसी
जाजरकोट , जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३७ जनाको मृत्यु छ भने सयौँ घाइते भएका छन् ।
महिला २७ पुरुष १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी ,नलगाड , कुशे , बारेकोट र छेडागाडमा भूकम्पले क्षती बनाएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अंगहरु परिचालन भएको प्रजिअ सुनारले बताउनुभयो ।
त्यस्तै नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको समेत भूकम्पले मृत्यु भएको छ । त्यस्तै मूख्य सडकहरु अवरुद्ध भएका छन् । विद्युत सेवा समेत अवरुद्ध भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।