नेपाल र हङकङ भिड्दै

काठमाडौं : त्रिदेशीय शृङ्खलामा नेपालले हङकङसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा हङकङको यो पहिलो खेल हो । यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई सात विकेटले पराजित गरेको थियो।
टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्। मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ।



