केदार कार्कीले पाए विश्वासको मत
विराटनगर ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस्थित रहेका थिए ।
मुख्यमन्त्री कार्कीलाई बहुमत सांसदले विश्वासको मत दिएको बैठकको सभाध्यक्षता गरेकी उपसभामुख सृजना दनुवारले घोषणा गरेकी थिइन । घोषणा माननीय केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछुु दनुवारले भनिन् ।
एमालेका ३९ र काङ्ग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८९५० बमोजिम नियुक्त कार्की गत असोज २७ शनिबार नियुक्त भएका थिए ।