होटेलमा तास खेलिरहेका १९ जना पक्राउ

मुगु ः मुगुको एक होटेलमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका(२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रुपैयाँ सहित पक्राउ गरेको बताइएको छ । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको छायाँनाथ रारा नगरपालिका(७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्य बहादुर शाही समेत ८ जनालाई नगद १३ हजार ६ सय ४९ रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





error: Content is protected !!