पालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात

जुम्ला : गुठिचौर गाउँपालिकाका प्रशासकिय अधिकृत दिनेश भट्टराईमाथि गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको निर्देशनमा उनका मान्छेले दुर्व्यवहार एवं हातपात गरेका छन् । अध्यक्ष बुढासमेत अधिकृत भट्टराईलाई हातपातको घटनामा सामेल थिए । प्रशासकीय अधिकृत भट्टराईलाई नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष दानबहादुर बुढाले आफ्ना मान्छे नियुक्त गर्न र आफ्ना व्यक्तिगत खर्चका बिल भुक्तानी गर्न दवाव दिँदै आएका थिए । पालिका अध्यक्षको यस किसिमको अराजनीतिक र अपराधिक हर्कत निन्दनीय छ ।

पालिका अध्यक्ष र उनका मान्छेबाट असुरक्षित महशुस गरेपछि अधिकृत भट्टराईले यसअघि नै जुम्लाका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाका लागि अनुरोध गरेका थिए । केही दिन अघि कार्यपालिका बैठकमै उपाध्यक्षले अध्यक्ष दानबहादुर बुढालाई चप्पलले दुई झापड हानेकी थिइन । कार्यपालिकामा अल्पमतमा रहेका अध्यक्ष बुढाका हर्कत देखेर गुठिचौरका कर्मचारी हैरान छन । उनी गाउँपालिकाका काममा भन्दा आफ्नो युट्यूव च्यानल चलाउन व्यस्त देखिन्छन् । हाल अध्यक्षविरुद्ध उपाध्यक्षले सर्वोच्चमा मुद्दा समेत दायर गरेकी छन ।





error: Content is protected !!