नेपाल विद्युत प्राद्यिकरण कर्णाली प्रदेश र नलगाड जलविद्युत कम्पनीसँग सम्झौता

जाजरकोट , २६ असोज ः नेपाल विद्युत प्राद्यिकरण कर्णाली प्रदेश र नलगाड हाइडा«ेपावर कम्पनीको बीचमा सम्झौता भएको छ । प्रदेश प्राद्यिकरण र नलगाड हाइडा«ेपावर बीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो ।
नलगाड हाइडा«ेपावरले निर्माण गर्न लागेको ७.१ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो । ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाईड्रोपावर कम्पनी बीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ ।



