समाजगृहपृष्ठ समाज नाम्खाबाट सिमकोट आउदै गरेको ट्याक्टर दुर्घटना, ३ जना घाइते

सिमकोट ः जिल्लाको नाम्खा गाउँपालिका वडा नम्वर ३ को ढाँटकेर्मीदेखि सदरमुकाम सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ ।

मंगलबार ढाँटकर्मीदेखि सामान ल्याएर सिमकोटमै आउँदै गरेकोे लु ४ त ७३२६ नम्वरको ट्याक्टर अप्राहन्ह ४ वजे दुर्घटना भएको हो । ट्याक्टर सिमकोट गाउँपालिका वडा नम्वर ७ को सरिम भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो । ट्यक्टरको पछिल्लो भागको ट्रलिमा सामन सहित तीन जना सवार रहेका थिए ।

पछाडिको ट्रलि पल्टिदा तीनै जना सवार घाइते भएको र घाइतेको उद्धार गरि हाल सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा ल्याउँदै गरेको छ भने घाइतेको बिष्तृत विवरण र घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!