सुर्खेत विमानस्थलमा चिल आतंक ः बुद्धले जहाजले लगायो दुई राउण्ड

सुर्खेत ः सुर्खेत विमानस्थलमा चिलका कारण वुद्ध एयरलाई अवरतरण गर्नमा कठिनाइ भएको छ । काठमाडौंबाट सुर्खेत आएको वुद्ध एयरको नाइ एन एनएच कलसाइन भएको एटीर ७२ जहाज चिलका कारण अवतरणका कठिनाइ भएको हो ।

शनिवार विहान ९ बजेर २१ मिनेटमा काँक्रेविहार नजिकै प्रवेश गरिसकेको जहाज विमानस्थलको धावनमार्गको माथि चिल देखिएपछि दुई फन्को लगाएको सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुंगेलले  जानकारी दिए ।

उनकाअनुसार विमान धावनमार्गमा अवतरण गर्न सबै प्रक्रिया पूरा गरेपनि धावनमार्गमाथि चिल देखिदा अवतरणमा केही ढिलाई भएको हो । ‘यो समयमा पानी पर्न कम हुने र धावनमार्ग नजिकै किराहरु देखिन थालेपछि चिलहरु अलि बढी देखिने गर्छन्,’ ढुंगेलले भने, ‘विमान आउनु पूर्व चराहरु धपाउन साइरनसहितको टोली खटिएको हुन्छ । तर चरा धपाएर रनवे खाली गराउँदा पनि पुनः चरा आउँदा आज विमान अवतरणमा कठिनाइ भएको हो ।’

वीरेन्द्रनगरको आकाशमा वुद्ध एयरले दुई फन्को लगाएर ९ बजेर २६ मिनेटमा सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । अहिले उक्त जहाज पुनः काठमाडौंका लागि उडिसकेको छ विमानस्थलले जनाएको छ ।





error: Content is protected !!