मन्त्री बस्नेतको पहलमा खारा र मनाघाटमा वेलिवृज बन्ने
मोहन जंग शाही
जाजरकोट ः उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जाजरकोटका दुई नदीमा बेलिवृज बन्ने भएको छ । बिहीबार मन्त्रीस्तरीय नीतिगत निर्णय भए पश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक कार्यार्थ पत्राचार गरेपछि जाजरकोटका दुई वटा नदीमा मोटरेवल बेलिवृज बन्ने भएको हो ।
जिल्लाको नलगाड नगरपालिका—५ देखि बारेकोट गाउँपालिका—८ जोड्ने खारा स्थित नलगाड नदी र छेडागाड नगरपालिका—४ देखि १२ जोड्ने खारा स्थित खारा खोलामा मोटरेवल बेलिवृज उपलब्ध गराउने मन्त्रीस्तरीय नीतिगत निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक विभागलाई आवश्यक पत्रमा उल्लेख गरिएको छ ।