गुर्भाकोटमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ
सुर्खेत ः गुर्भाकोट नगरपालिका वडा नं. १ मा अन्दाजी १२ बर्षिया छोरी बलात्कार गरेको आरोपमा सहोदर बुवा पक्राउ परेका छन ।
गत ३ महिना देखि घरमा कोही नभएको मौकाछोपी अन्दाजी ४० बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना लगतै अभियुक्तलाई प्रकाउ गरिएको हो ।
जबर्जस्ति करणीको सूचना पाए संगै प्रहरी चौकी मालारानी को बिशेष टोलीले गुर्भाकोट नगरपालिका वडा नं. १ राम्रीकाडा खेत्यान बाट जबर्जस्ति करणी गर्ने अभियुक्त देब बहादुर कार्की लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् । बलात्कार पछि पनि आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडित छोरिले बताएकी छिन् । आरोपितलाई अहिले ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको र उनि बिरुद्द अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।