नेकपा एमाले कर्णाली अधिवेशन ः मतगणना सुरु

सुर्खेत ः नेकपा (एमाले)को कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतगणना केहीबेर अघिबाट सुरु भएको हो । वीरेन्द्रनगरमा जारी अधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार मतदान भएको थियो ।

मतदानमा ६०९ जना प्रतिनिधि सहभागी भएका थिए । प्रदेशको अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकाय चुनावी मैदानमा हुनुहुन्थ्यो ।





error: Content is protected !!