मन्त्री बस्नेतद्धारा कर्णालीकै सिँचाई तथा नदि नियन्त्रण ब्यवस्थापन आयोजनाको उदघाटन

जाजरकोट ः सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुरयाउनका लागि सरकार लागि परेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । सिँचाई तथा नदि नियन्त्रण ब्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

२५ लाख हेक्टर मध्य १५ लाख हेक्टरमा पुर्वाधारको काम भइरहेको भन्दै मन्त्री बस्नेतले अब १० लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउनका लागि सर्वेक्षणको काम भइरहेको बताउनुभयो । १० लाख जमिन नदीको छेउछाउ ,टारहरुमा रहेको समेत बताउनुभयो । साना ठुला नदी , खोलाका टारहरुमा सिँचाइ सुविधा नभएर ५ लाख हेक्टर जमिनमा समस्य भइरहेकोले त्यसको समधानमा मन्त्रालय लागेको बताउनुभयो ।

तराइका ठुला आयोजनाले कभरेज नगर्ने ठाउँमा केही जमिन रहेको उहाँको भनाई रहेको छ । कैलाली राजमार्गको माथी , बर्दिया जिल्लाका बिभिन्न ठाउँको जमिनमा सिँचाइ सुविधा नपुगेको त्यहाँ काम हुन लागेको उहाँको भनाइ छ । कर्णाली प्रदेशमै सिँचाइ सम्वन्धी काम गर्ने कार्यालय नभएको हुँदा सिँचाई तथा नदि नियन्त्रण ब्यवस्थापन आयोजना जाजरकोटमा स्थापना गरिएको पुर्वमन्त्री सत्य पहाडीले जानकारी दिनुभयो । कर्णालीका १० जिल्लाको संघीय सरकारबाट आउने बजेट यही आयोजनाले कार्यान्वन गर्ने समेत उहाँको भनाई छ ।

जाजरकोटमा ३ अर्ब भन्दा बढी रकम विद्युतीकरणको लागि आएर ठेक्का लागि काम समेत सुरु भएको उहाँले बताउनुभयो । एक दर्शक भित्र जिल्लामा धेरै काम भएको भन्दै मन्त्री बस्नेतले १०० वर्ष अघि यातायातका क्षेत्रमा काम भएका जिल्लामा अझै पिचका काम हुन बाँकी रहेको समेत स्मरण गराउनुभयो । जाजरकोटका सबै वडाहरुमा सडक पुगेको र मुख्य सडकहरुम कालोपत्रेको काम समेत भइरहेको उहाँले बताउनुभयो ।

२८ वटा टावर मध्य २१ वटा निर्माण भएर काम भइरहेको छ । बाँकी टावर पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नलगाडको डिपिआरको पुरा भएपछि नलगाड जलविद्युत आयोजना निर्माणका लागि लगानीकत्र्ता आउने क्रम रहेको समेत जानकारी दिनुभयो । ताक्सुगाड दुइ वर्ष भित्र पुरा गरि नलगाड जलविद्युत आयोजना ४१७ र जगदुल्ला १०७ मेगावाटको विद्युत निर्माण गर्नका लागि आवश्यक विद्युत निकाल्ने काम हुने समेत उहाँले बताउनुभयो ।

जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रियामा गएको समेत जानकारी दिनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , राष्टियसभा सदस्य मैना कार्की , भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले सिँचाई तथा नदि नियन्त्रण ब्यवस्थापन आयोजना स्थापनाले कर्णालीका खुसी मात्र नभई विकासको इटा थपिएको बताउनुभयो ।





error: Content is protected !!