एमाले प्रदेश अधिवेशन ः मतदान भोलि विहान ८ बजेदेखि

सुर्खेत ः नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वको लागि भोलि विहान ८ बजेदेखि निवाचन हुने भएको छ । ‘आज मतपत्र छपाइमा केही ढिलाई भयो, अब राती मतदान गन सम्भव छैन’ निर्वाचन समितिका सचिव रामबाबु विसीले भने, ‘अब भोलिमात्रै मतदान हुन्छ ।’ एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि तीन जनाको प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदका लागि मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
शुक्रबार अध्यक्ष पदका लागि पाँच नेताको उम्मेदवारी परेको थियो । तर अन्तिम अवस्थामा राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै सचिवका दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीले प्रतिस्पर्धा हुने भएको छ । सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले उम्मेदवार रुद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।





error: Content is protected !!