कर्णालीमा एमाले अधिवेशन ः सहमति हुन नसकेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित
सुर्खेत ः
सहमति हुन नसकेपछि नेकपा एमाले कर्णाली प्रदेशको चुनावका लागि अन्तिम नामावली प्रकाशित भएको छ। बिहान ८ बजे नै प्रकाशित गर्नुपर्ने नामावली सहमति हुने आसले छलफल जारी रहँदा बल्ल अहिले मात्र उम्मेदवारको अन्तिम नामावली साँझ बल्ल प्रकाशित भएको छ।
दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि अहिलेसम्म मतदान सुरू हुन नसकेको हो। अन्तिम नाम प्रकाशन भएसँगै अहिले मतपत्र छपाइको काम सुरु भएको र्विाचन समितिले जनाएको छ।
यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकोमा दुई जनाले फिर्ता लिएपछि अब तीन जनाको बीचमा प्रतिस्पर्धा हुने भएको छ। कालिकोटका दुइजनाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् भने अर्का सल्यानका रहेका छन्। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो। प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए।
एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ।