जाजरकोट बहुँप्राविद्यिक शिक्षालयको नवनिर्मीत भवन (फोटोफिचर)

जाजरकोट / ः भुइमा बसेर बिभिन्न धारमा पढदै आएका जाजरकोट बहुप्राविद्यिक शिक्षालयमा विद्यार्थीहरु अब आफ्नै भवनमा रमाइ, रमाइ पढन पाउने भएका छन् ।

भेरी नगरपालिका ५ काफलचौरमा सञ्चालनमा रहेको शिक्षालयको आफ्नै भवन निर्माण भएपछि अब यहाँका विद्यार्थीहरुलाई दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहज भएको हो । ५ करोड १८ लाखमा अत्यधुनिक भवन निर्माणसँगै कार्यालय सञ्चलनमा समेत सहज आएको शिक्षालयले जनाएको छ । दुर्गम जिल्लामा प्राविद्यिक शिक्षालय चलाउनु ठुलो चुनौती भएपनि देशका ठुला सहरमा गएर लाखौ रकम खर्चीएर प्राविद्यिक शिक्षा लिन मुस्किल हुने विद्यार्थीलाई भारी लाभ भएको पुर्वमन्त्री सत्य पहाडीले बताइन् ।

प्राविद्यिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले उक्त भवन निर्माण गरेको हो । शिक्षालयलाई व्यववस्थापन तथा व्यवस्थित बनाउने काम जारी रहेको उनले बताइन् । आज उक्त भवनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन् । विद्यालयमा खेल मैदान , प्रयोगशालाका सामग्री तथा अन्य आधारभुत आवश्यकताहरु पुर्ती गरिदिन मन्त्री बस्नेतलाई विद्यार्थीहरुले आग्रह समेत गरेका छन् । मन्त्री बस्नेतले सबै कुरा विस्तार हल हुँदै जाने भन्दै कठिनाई ,संर्घषबाट नै सफलता निस्किने भन्दै विद्यार्थीहरुलाई सफलताको शुभकामना समेत दिएका थिए ।

शिक्षालय भित्र भएका समस्यहरु हल गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए । तपाइहरुसँग तीन तहका सरकार रहेका छ , हामी अझैँ नयाँ बिभागहरु थप्ने योजना छौँ मन्त्री बस्नेतले भने । तपाइहरुको समस्य बारे जानकारी रहेको भन्दै मन्त्री बस्नेतले शिक्षा मन्त्रालयमा आफूले मागै माग राखेर हरेक कुरा समाधान गर्दै आएको समेत स्मरण गराए । अहिले जाजरकोट , रुकुम पश्चिम , डोल्पा , जुम्ला र सल्यानका विद्यार्थीहरु यस शिक्षालयमा पढने गर्दछन् । यसै बीच शिक्षालयमा सम्म जानका लागि पक्की सडकको बोलपत्र आवह्वान भएकोले छिटो पिच सडकमा आउन र जान सकिने भएको छ ।

तस्बिर : हेमन्त केसी





error: Content is protected !!