एमाले कर्णालीको नयाँ नेतृत्व छान्न १२ बजेबाट मतदान
सुर्खेत ः नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व छान्न शनिवार दिउँसो १२ बजेबाट मतदान हुने भएको छ । सहमतिबाट नेतृत्व छान्न नसकिएपछि अन्तत निर्वाचनबाटै टुंग्याउन लागिएको हो ।
अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। जसमा गुलावजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको हो।
उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको परेको छ। उप–सचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।
यस्तै, उप–सचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार वि।कको उम्मेदवारी परेको छ।
यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ। निर्वाचन समितिका अनुसार शनिबार विहान नौ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ। दिउँसो साढे १२ बजेबाट मतदान हुनेछ। महाधिवेशनमा ६०४ जना प्रतिनिधिहरु सहभागी छन्। जारी अधिवेशनबाट एमालेले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ।