कर्णालीमा एकीकृत समाजवादीले तीन सिट जित्नु एमाले माथीको प्रहार हो ः एमाले

सुर्खेत ः नेकपा एमालेलाई पार्टी विभाजनको असर परेको बताएको छ । गएको प्रतिनिधी सभा निर्वाचनमा पार्टी विभाजनले एमालेलाई असर पु¥याएको पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । एमाले विभाजन भई माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको हो ।

१२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा एमालेले प्रत्यक्षतर्फ कुनैपनि सिट पाउन सकेन । तर, नेकपा एकिकृत समाजवादीले भने तीन सिट पाएको छ ।

काङ्ग्रेस र माओवादीको तालमेल हुँदाहुँदै पनि बलियो जनाधार पाएको प्रतिवेदनमा उल्लेख छ । तर, ‘कर्णालीमा पार्टी विभाजनको असरले पनि काम गरेको छ ।’ प्रतिवेदनमा लेखिएको छ, ‘काङ्ग्रेस र माओवादीको निगाहमै भएपनि यही प्रदेशबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा तीन सिट जिताइएबाट पनि हामी माथिको प्रहार बुझ्न सकिन्छ ।’





error: Content is protected !!