अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु
डोल्पा ः डोल्पामा अरिङ्गालको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ । त्रिपुरा सुन्दरी नगरपालिका–६ फुल्चिङ गाउँका ३२ वर्षीय तिलक चलाउनेको मृत्यु भएको हो ।
भदौ पुर्णिमाको दिनमा मन्दिरमा रहेको धुपीको रुखमा लिङ्गो सहितको ध्वजा९निसान० राख्न जाने क्रममा अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते चलाउनेको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।