गुणस्तरीय सामग्री, दक्ष जनशक्ति, आवश्यक अध्यावधिक प्रविधिसँगै परिपक्व निर्माण उद्योग नहुदा समस्य हुँदै आएको छ ः प्रमुख कर्ण
रुकुम पश्चिम, रुकुम पुर्व, जाजरकोट र डोल्पामा सडक संजाल विकास हुने क्रममा रहेको छl जाजरकोटमा रारा राजमार्ग, जाजरकोट, डोल्पा र रुकुम पश्चिममा छिन्चु जाजरकोट दुनै धो तिन्जे मरिम (भेरी कोरिडोर) सडक, रुकुम पश्चिममा राप्ती लोकमार्ग, निर्वाचन क्षेत्रीय रणनैतिक सडक तथा अन्य सहायक बैकल्पिक राजमार्गको निर्माण एवं स्तरोन्नतिको कार्य भई रहेको छlहालको अवस्था उत्साहजनक रहेको भन्न सकिन्छl
२ ः सडक निर्माणको बाधक के के होला ?
सडक निर्माण गर्नका लागि गुणस्तरीय सामग्री, दक्ष जनशक्ति, आवश्यक अध्यावधिक प्रविधि र परिपक्व निर्माण उद्योग नहुनु चुनौतीको रुपमा रहेको छl साथै, भौगोलिक बनोटले गर्दा बिकासको लागत उच्च हुनु नै दुर्भाग्यपूर्ण छ तर यसलाई उपयुक्त प्रविधि, दक्ष जनशक्ति र कुशल राजनैतिक एवं प्रशासनिक नेतृत्व बाट अवसरमा परिणत गर्नसक्नुपर्दछ l
३ ः सडकहरु आवश्यकताले निर्माण भइरहेका छन् की दबाबमा ?
सडकहरु राज्यको नीति, आवधिक योजना र सालबसाली गरिनुपर्ने आवश्यक निर्माण कार्य अनुरुप भईरहेको अवस्था छ, यद्यपी योजना छनौट र बजेट बिनियोजनको प्रक्रियालाई थप बैज्ञानिक बनाउन आवश्यक छ l
४ ः राज्यले दिदै आएको यहाँको बजेट कस्तो हो ? यो प्रयाप्त छ ?
यहाको बजेट हालको अवस्थामा पर्याप्त देखिन्छ, तर योजनाको प्रगति र दायित्व हेरी बजेट थप हुन आवश्यक रहेको छ
५ ः उदेश्य एकै भएका तर छरिएका संरचनाहरु कतिको आवश्यक हो ?
उदेश्यएकै रहेका तर छरिएका योजनाहरुलाई उदेश्य र प्रतिफल प्राप्तिका लागि समयमै सम्पन्न गर्ने तर्फ एकीकृत रुपमा पहल गरि समयमै प्रतिफल प्राप्त गर्न सक्नु पर्दछ l
६ ः दिगो विकास नहुँनाका कारण के के हुन् ?
दिगो बिकास प्राप्तिका लागि नीति, योजना र बार्षिक कार्यक्रम बमोजिम समयमै प्रतिफल प्राप्त गर्नु आवश्यक रहेको तथा बिकास संगसंगै पर्यावरण र सामाजिक बिकासमा पनि ध्यान पुर्याउन आवश्यक रहेको छ lदेश सुहाउँदो विकास मोडल अपरिहार्य रहेको छ l