जनताले अनुभूति गर्नेगरि समाजसेवा गरौँ ः मन्त्री जिसि

सुर्खेत ः गैरसरकारी सस्था महासङ्गको आयोजनामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसिले आफिले गरेको कामको आफैले मुल्यांकन गर्न नसकिएको बताए ।

“कति काम गरिएको छ भन्ने तिर भन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिए भन्ने बुझाइ सबैमा देखियो ।” उनले भने, “अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ । हामी सबै आफैले राम्रो गरेको भन्ने तर जनताले अनुभूति नै नगर्ने अबस्था आएको छ ।” मन्त्री जिसिले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्नेमा जोड दिए ।

उनले बिकास निर्माण देखि समाज रुपान्तरण गर्न सबैमा दृढता हुनुपर्नेमा जोड दिए । “जसकालागी काम गरिन्छ, उसले सदाका लागि त्यसबाट लाभ लिन सकोस ।” उनले भने, “उहीँ कार्यक्रमका लागि फेरि त्यही काम गर्ने चल रुपान्तरण गरौँ ।”

उनले भौगोलिक आधारमा सामाजिक सेवाका क्षेत्र खोज्नु पर्ने बताए । उनले अब आर्थिक जग सुधार्न सबै लाग्नु पर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य मीन बहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भुमिकाको प्रसंशा गर्न आबश्यक रहेको बताए ।

उनले बिकास निर्माणमात्रै समाजसेवा नभएको बताउदै समाजको सकारात्मक रुपान्तरणमा सबैले ध्यान दिनुपर्ने बताए ।

“मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ ।” उनले भने,”अब परोपकारको क्षेत्रमा अघि बढ्न आबश्यक छ । सामाजिक रुपान्तरणका लागि सामाजिक सङ्ग सस्थालाइ परिचालन गर्न, उनिहरुका लागि आबश्यक नीति तथा कानुन निर्माण गर्न सरकारको ध्यान जान आबश्यक छ ।”
उनले दलगत स्वार्थ भन्दा माथी उठेर असमानताका बिरुद्वमा आन्दोलन गर्न आबश्यक रहेको बताए ।

यसैबीच महासङ्गले तीन जनालाइ सामाजिक सेवा क्षेत्रमा योगदान पुर्याएको बताउदै सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा राष्ट्रिय योजना आयोगका पुर्ब सदस्य मीन बहादुर शाही, कलाकरिताको क्षेत्रमा योगदान दिएको भन्दै वरिष्ठ कलाकार प्रेम देव गिरि र महिला स्माजसेवी शिला गुरुङ्गलाई सम्मानित गरेको हो ।

कार्यक्रममा मध्यपश्चिम बिश्वबिद्धालयका पुर्ब डिन पिताम्बर ढकाल, हरि अधिकारी, गैसस केन्द्रीय सदस्य तथा कर्णाली इन्चार्ज घनश्याम केसि, नेपाल पत्रकार महासङ्ग सुर्खेतका अध्यक्ष ललित बसेल, शेभ द चिल्ड्रेनका कर्णाली प्रमुख रत्न राज जोशिलगायतले मन्तव्य राखेका थिए ।

४४ औं सामाजिक सेवा दिवसको अबसरमा नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो ।





error: Content is protected !!