जनतासंग माओवादी विशेष रुपान्तरण अभियानद्धारा काठेपुल निर्माण

जाजरकोट : जनतासंग माओवादी विशेष रुपान्तरण अभियानद्धारा भेरी नगरपालिका–२ चंख्याडाडाँमा काठेपुल निर्माण गरिएको छ । जिल्ला सदरमुकाम खलंगा बजार आउ जाने नागरिकहरलाई सहजता पैदा गर्न जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले चंख्याडाडाँमा काठेपुल निर्माण गरेको हो ।

भेरी नगरपालिका–३ मा प्रदेश कमिटी सदस्य गणेश सिंह (प्रवेश) को नेतृत्वमा रहेको अभियान टोलीले विहिबार विहान उक्त काठेपुल निर्माण गरेको प्रकाश शाहीले जानकारी दिएका छन् । बर्षेभेलले चंख्याडाडाँमा जमिनको सहतलाई च्यातेर चिरो पारेको थियो शाहीले भने–“त्यो बाटो मान्छेहरुलाई बजार आउन, जान निकै अफ्ठेरो भएको थियो, आज काठेपुल निर्माण गरेपछि सहज हुने भएको छ ।”

शाहीले दिएको जानकारी अनुसार उक्त काठेपुल निर्माण गर्न प्रदेश कमिटी सदस्य गणेश सिंहको नेतृत्वमा वडा कमिटि अध्यक्ष भद्र बहादुर वली, भीम खत्री, प्रकाश शाही, लाल बहादुर नेपाली लगाएतका दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।





error: Content is protected !!