सडक डिभिजनले तत्काल यातायात सूचारु गरायो
रुकुम पश्चिम ः अबरुद्ध राप्ती लोकमार्गको सल्यान , रूकुम खण्डअन्तर्गत मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा आवश्यक मर्मत कार्य गरिएपछि सवारी साधन सञ्चालनमा आएका छन् । सडक डिभिजन चौरजहारीले आवश्यक जनशक्ति परिचालन गरी काम गरेपछि खोलामा यातायाताका साधनहरु आवतवाजत गर्ने भएका हुन् ।
पितिबाङ पुलको निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाले २०७६ सालमा लिए पनि अहिलेसम्म पुल बनेको छैन । जसकारण यस खण्डमा बर्सेनि समस्या दोहोरिने गरेको छ । डिभिजन प्रमुख आशुतोष कर्णले पितीबाङ खोलामा साना गाडी तथा मोटरसाइकल सञ्चालनमा आएको बताएका छन् । उनले पानी को बहाव अझै बढ्ने क्रममा रहेकोले ठूला गाडी तथा यातायात पूर्ण सञ्चालनमा आउन पानी को बहाव कम भए पश्चात यथाशीघ्र कार्य गरिने समेत बताएका छन् ।



