एकै पटक कर्णालीमा ७७ जना करारमा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन

हेमन्त केसी
सुर्खेत, १ असोज ः

स्वास्थ्यकर्मीको अभावमा समस्य भोगिरहेको कर्णालीमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एकैपटक ७७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेको छ।

करारमा लिइएका ७७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले प्रदेशका जुम्लाबाहेक अन्य ९ जिल्लामा खटाएको छ। भदौ २५ गतेदेखि लागू हुने गरि नियुक्ति बुझेर स्वास्थ्य संस्थामा खटिन भनिएको छ।

मन्त्रालयले जाजरकोट, प्रदेश अस्पताल, डोल्पा र सल्यानमा सबैभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएको छ। जाजरकोटको स्वास्थ्य सेवा कार्यालय ५० शय्याको छ। अन्य जिल्लाका अस्पतालहरु १५ शय्याका छन्। प्रदेश सरकारले अस्पतालको क्षमता बृद्धि गर्ने भन्दै पहलसमेत जारी राखेको छ।

विभिन्न समूह तथा उपसमूहमा करारमा नियुक्त गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अपेक्षा लिइएको छ।

बायोमेडिकल इन्जिनियर, कन्सल्टेन्ट विज्ञ, नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलजिष्ट, जनस्वास्थ्य अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल सर्जन, मेडिकल अधिकृत, कन्सल्टेन्ट गाइनोकोलजिष्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट जनरल फिजिसियन सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट डर्माटोलजिष्ट, कन्सल्टेन्ट डेन्टल सर्जन, जनस्वास्थ्य प्रशासक र कन्टल्टेन्ट माइक्रोबायोलजिष्ट लगायत समूहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु करारमा नियुक्त गरेर जिल्लाहरुमा पदस्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले बताए।

९ औँ तहका २७ जना, आठौँ तहका ३३ जना र सातौँ तहका १६ जनालाई कर्णालीका १० जिल्लामा रहेका स्वास्थ्य सेवा कार्यालयमा खटाएको छ। करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पदस्थापनसँगै कर्णालीमा स्वास्थ्यकर्मीको अभाव कम हुने अपेक्षा लिइएको छ।

जाजरकोटमा ७ जना चिकित्सक, डोल्पा र सल्यानमा ६र६ जना, हुम्लामा २ जना, मुगु, दैलेख र डोल्पामा ५र५ जना, कालिकोटमा २ जना तथा रुकुम पश्चिममा ५ जनालाई खटाएको छ।

प्रदेश अस्पतालमा १६ जना, मेहलकुना अस्पतालमा ५ जना, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा ४र४ जना, प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रमा १ जना, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा ४र४ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ३ जना र स्वास्थ्य सेवा निर्देशनालयमा १ जनालाई पदस्थापना गरिएको छ।

जिल्ला सदरमुकाममा मात्र चिकित्सक तथा स्वास्थ्यकर्मी खटाएको हो। पालिकामा भने स्वास्थ्यकर्मीको अभाव जस्ताको तस्तै छ। पालिकामा डाक्टर बस्न नमान्ने भएकाले समस्या हुँदै आएको सरकारले बताएको छ।

स्थायी दरबन्दीमा स्वास्थ्यकर्मी तथा चिकित्सक नहुँदा करारमा नियुक्ति गरेर सर्वसाधारणलाई प्रभावकारी स्वास्थ्य सेवा दिन लागिएको छ। ३७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी मन्त्रालयले सरुवा गरेको छ।

प्रदेश अस्पतालमा एमआरआईबाट उपचार

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ।

करिब २ महिनामा मेसिन जडान र प्रोसेसिङ प्रोग्राम इन्स्टल गरेपछि बल्ल सेवा सुरु भएको अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताए। यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ।

अस्पतालका निर्देशक खड्काले सुर्खेतमै एमआरआई मेसिनबाट उपचार हुने भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने बताए। यो मेसिनबाट दैनिक ३५ देखि ४० जनाको जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उपलब्ध गराएको थियो। उक्त मेसिन २९ करोड ७१ लाख रूपैयाँमा किनिएको हो।

मेसिन सन् २०२३ मा नै निर्मित भएर परीक्षण गरिएको हो। चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ र रोग पत्ता लगाएर उपचार गर्न सजिलो हुन्छ।

ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा भएको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ। मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ।

एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ। अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ।





error: Content is protected !!