स्वास्थ्य सेवा कार्यालयको मुल्यांकनबाट ः डोल्पाको मुडकेचुला गाउँपालिका पहिलो

डोल्पा ः डोल्पाका आठ पालिकाको स्वास्थ्य सेवाको अवस्था तथा गुणस्तर मापन कस्तो होला भन्ने जिज्ञासा सबैलाई लाग्छ नै ? दुर्गम जिल्ला भएका कारण सबैको चाँसोको रुपमा लिनु स्वभाविक नै हो ।

मुस्किलले सदरमुकाम सम्म यातायात सेवा सञ्चालन हुने गरेको डोल्पाका आठ स्थानीय तहको बिभिन्न सूचकका आधारमा गरिएको मुल्यांकनबाट मुड्केचुला गाउँपालिका पहिलो भएको छ । पालिकाले १४.४ अंक ल्याएर पहिलो भएको हो । त्यस्तै दोस्रो हुनेमा सदरमुकामकै पालिका ठुलिभेरी नगरपालिका रहेको छ । यस नगरपालिकाले १३.६ अंक ल्याएको छ ।

त्यस्तै तेस्रो नम्बरमा छार्का ताङसोङ गाउँपालिका रहेको छ । यो पालिकाले १३.३ अंक ल्याएर तेस्रो स्थान ल्याएको छ । १२.५ शे फोक्सुण्डो , १२.१ काइके , त्रिपुरासुन्दरी ८.८ , डोल्पोबुद्ध ८.८ र जगदुल्ला गाउँपालिका ८.५ अंक ल्याएको छ ।

सडकको पहुँचमा रहेको र सदरमुकामको पालिका रहेको ठुलिभेरीलाई दुर्गमको मुडकेचुलाले पछारेको छ । त्यस्तै अधिकांश भेरी करिडोरले छोएको र आन्तरिक सडकको विकास तिब्र बनाएको त्रिपुरासुन्दरी नगरपालिको स्वास्थ्य अवस्था छैँटो नम्बरमा पुगेको छ ।





error: Content is protected !!