डेढ महिना बितीसक्दा पनि अभियुत्त पक्राउ नपर्दा बुझाए अभियान्ता हरुले मन्त्रीलाई ध्यानाकर्षण पत्र

मोहन जंग शाही
जाजरकोट, असोज ३१ ः कुशे गाउँपालिका ८ की नाबालिकालाई बलात्कार गर्ने आरोपित अझैँ पक्राउ पर्न नसकेको भन्दै अधिकारकर्मीले कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको ध्यानाक्रर्षण गराएका छन् । गाउँपालिकाको वडा ८ कै ३० बर्षीय दीपक रोकायले नाबालिकालाई जवरजस्ती बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको ५० दिन बितिसक्दा पनि आरोपित रोकाय पक्राउ पर्न सकेका छैनन् । शक्ति केन्द्रको आडमा उनलाई पक्राउ नगरिएको अधिकारकर्मीको आरोप छ । महिना दिन बित्दा पनि एक व्यक्तिलाई पक्राउ गर्न नसक्नुले सुरक्षा व्यवस्था माथी प्रश्न चिन्ह् खडा भएको अधिकारकर्मीको भनाई छ । परिवर्तनका लागि यूवा अभियानकी सुप्रिया शाही ,सपनाको चाहाना समृद्ध नेपालकी अध्यक्ष्य सपना रोका मगरल संयूक्त रुपमा उक्त ध्यानाक्रर्षण पत्र आज बुझाएका हुन् ।








