बाढीले राप्ती लोकमार्ग अवरूद्ध


रूकुम पश्चिम — सल्यान ,रूकुम खण्डअन्तर्गत मुसीकोट नगरपालिका ११ र १२ जोड्ने पितिबाङ खोलामा बाढी आउँदा राप्ती लोकमार्गमा आइतबार दिउँसोदेखि सवारी साधान आवागमन बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काका अनुसार आज दिनभरि परेको वर्षाले बाढी आएपछि यातायात अवरुद्ध भएको हो । यातायात अवरूद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको भन्दै खड्काले समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।

पितिबाङ पुलको निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवाले २०७६ सालमा लिए पनि अहिलेसम्म पुल बनेको छैन । जसकारण यस खण्डमा बर्सेनि समस्या दोहोरिने गरेको छ । उत्ता सडक डिभिजन चौरजहारीले अवरुद्ध भएको ठाउँमा यातायात सूचारु गराउने विषयमा पहल जारी रहेको बताएको छ ।

डिजिभन प्रमुख आशुतोष कर्णले लेखेका छन् । राप्ती लोकमार्ग रुकुम पश्चिम खण्डको पितिबाङ खोलामा बाढी आएको कारण कल्वर्ट बगाएको अवस्थाले सडक अवरुद्ध रहेको छ। सडक डिभिजन चौरजहारी बाट प्राविधिक टोलीले समन्वय गरी यथाशीघ्र सडक सञ्चालनका लागि आवश्यक पहल गरिसकेको छ। सडक सञ्चालनका लागि प्रयास जारी रहेकाले राप्ती लोकमार्गको रुकुम पश्चिम खण्डमा बिहान सम्म यात्रा नगरिदिनु हुन समेत अनुरोध छ।





error: Content is protected !!