डोल्पामा मेयरका स्वतन्त्र उम्मेद्वार बोहोरा सहित ५० भन्दा बढी माओवादीमा

डोल्पा ः ठुलिभेरी नगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार तथा लेखक प्रेमबहादुर बोहरा सहित ५० भन्दा बढीले नेकपा ( माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नगरपालिकाको ५ र ६ माझफाल आयोजित कार्यक्रममा मेयरका स्वतन्त्र उम्मेद्वार,लेखक बोहोरा सहित ५० भन्दा बढिले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बोहोरा कृति कोग्लेका लेखक समेत रहेका छन् । डोल्पा माओवादी ३ महिने सुदृढीकरण अभियानमा एमाले र कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको जिल्लाभर लहर नै चलेको छ।



